अमेरिकामा फेरी सरकारी कामकाज बन्द हुन सक्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

अमेरिकामा फेरी सरकारी कामकाज बन्द हुन सक्ने संकेत

trump tv address

एजेन्सी, २८ माघ । अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्सबीचको तनावका कारण पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसअघि दुवै पक्षबीच भएका वार्ताहरु निष्कर्षबिहिन भएका थिए । दुवै पक्षबीच भएका वार्तामा कुनै निष्कर्ष ननिस्केपछि यसअघि ३ साताका लागि स्थगन गरिएको खर्चबन्दी पुनः लम्बिन सक्ने चिन्ता बढेको बताइएको छ ।

आर्थिक संकटलाई थप लम्बिन नदिन र पुनः सरकारी खर्चबन्दी बन्द हुन नदिन आगामी शुक्रबारसम्म ठोस निर्णय गर्नैपर्ने बाध्यता दुवै पक्षलाई रहेको जनाईएको छ । सहमती नभए राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा संकटकाल घोषणा गरी वैकल्पिक उपायमार्फत सीमामा पर्खाल लगाउने प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको जनाइएको छ ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने खर्चसम्बन्धी विधेयकमा डेमोक्रयाटहरुको असहमतिका कारण संसद्बाट पास नभएपछि राष्ट्रपति ट्रम्पले संघीय बजेट पास नगर्दा ३५ दिनसम्म सरकारी कामकाज ठप्प भएको थियो ।

पछिल्लो पटक यस सम्बन्धमा छलफल गरी निष्कर्ष निकाल्ने भन्दै ह्वाइट हाउसले ३ साताका लागि सरकारी कामकाज सञ्चालनको बाटो खुल्ला गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);