अमेरिका र उत्तर कोरियाबीचको वार्ता भियतनाममा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिका र उत्तर कोरियाबीचको वार्ता भियतनाममा हुँदै

trump-kim-handshake

एजेन्सी, २८ माघ । दक्षिण कोरियाली नागरिकले उत्तर कोरिया र अमेरिकाबीच यही महिनाको अन्त्यमा भियतनाममा हुने वार्ताले महत्वपूर्ण उपलब्धी हुने आशा गरेका छन् ।

दक्षिण कोरियामा गरिएको एक जनमत सर्बेक्षण अनुसार दशमध्ये छ जना दक्षिण कोरियाली नागरिकले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरीयाली नेता किमजोङ उनबीच यही फेब्रुअरी २७ र २८ मा भियतनामको हनोइमा वार्ता हुँदैछ । जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशत दक्षिण कोरियाली नागरिकले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

त्यसैगरी मत सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले उत्तर कोरियाको आणविक समस्या सुल्झने कुरामा विश्वास नरहेको बताएका छन् । उनीहरुले यो वार्ताले उत्तर कोरिया र अमेरिकाबीचको पारस्परिक सम्बन्धलाई अझ कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);