उत्तर कोरियासँग वार्ता गर्ने अमेरिकी प्रस्ताव, रोकिएको कुटनीतिक प्रयास र सम्बन्ध सुधारकाे अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उत्तर कोरियासँग वार्ता गर्ने अमेरिकी प्रस्ताव, रोकिएको कुटनीतिक प्रयास र सम्बन्ध सुधारकाे अपेक्षा

एजेन्सी । अमेरिकाले उत्तर कोरियासँग वार्ताको प्रस्ताव रोखेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

विशेष दूत किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सोलमा छन् ।

खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ताहरु केन्द्रित भएका छन् । गत साता प्योङयाङमा आयोजित उत्तर कोरियाली राजनीतिक सम्मेलनमा नेता किम जोङ उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गरेका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भङ्ग भएयता ठोस वार्ता भएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);