माइक पेन्सले उत्तर कोरियासँग विना कुनै शर्त वार्ता गर्न वाशिङटन तयार रहेको बताए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माइक पेन्सले उत्तर कोरियासँग विना कुनै शर्त वार्ता गर्न वाशिङटन तयार रहेको बताए

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग विना कुनै शर्त वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन ।

up rastapati

काठमाडौं,२९ माघ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग विना कुनै शर्त वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन ।अमेरिकी उपराष्ट्रपति पेन्सले दक्षिण कोरियामा शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि आफ्नो मुलुक उत्तर कोरियासँग विनाशर्त वार्ता गर्न तयार रहेको बताएका हुन ।

उनले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको बताए । उपराष्ट्रपति पेन्सले अमेरिकाले आफ्नो अडान स्पष्टरूपमा परिवर्तन गरेको जस्तो देखिने गरी उत्तर कोरियाले चाहेको खण्डमा वार्ता गर्न ट्रम्प प्रशासन तयार बताए ।

प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने उनको भनाइ छ । यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङअन निशस्त्रीकरणका लागि तयार नभएसम्म उहाँसँग वार्ता नगर्ने बताएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);