अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी नेता खालिद मेहसुदको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी,१ फागुन । अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ । अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक इ तालिवान पाकिस्तान (टीटीपी)का उपनेता खालिद मेहसुदको मृत्यु भएको हो ।

टीटीपीका एक प्रवक्ताले उपनेता मेहसुदको मृत्यु भएको पुष्टि गरेका छन् । मेहसुदको मृत्युपछि पाकिस्तानी तालिवान थप कमजोर हुने भएको छ । टीटीपी आत्मघाती आक्रमणमा संलग्न रहँदै आएको छ । मेहसुदको कमाण्डमा गत डिसेम्बरमा पाकिस्तानको पेशावरस्थित एउटा क्याम्पसमा आक्रमण गर्दा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए । मेहसुदको मृत्युपछि टीटीपीका लडाकूहरु छिमेकी मुलुक अफगानिस्तानमा शरण लिन बाध्य भएको पाकिस्तानी अधिकारीहरुले दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);