पाकिस्तानको मस्जिदमा फिदाइन आक्रमण, ६३ प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाकिस्तानको मस्जिदमा फिदाइन आक्रमण, ६३ प्रहरीको मृत्यु

पाकिस्तान । पाकिस्तानको पेशावर सहरको प्रहरी लाइनमा बनेको मस्जिदमा सोमबार फिदाइन आक्रमण भएको छ । आक्रमणमा परी ६३ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् ।
शक्तिशाली विस्फोटमा परी १५० भन्दा बढी घाइते भएका छन् । जसमध्ये ४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । विस्फोटको आवाज करिब दुई किलोमिटरसम्म सुनिएको थियो । मस्जिदको ठूलो भाग भत्कियो। इमाम नूर–अल–अमिनको पनि मृत्यु भयो। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले अस्पताल पुगेर घाइतेहरुलाई भेटेका छन् ।

एक प्रत्यक्षदर्शीहरुले दिउँसोको नमाजको समयमा मस्जिदमा करिब ५०० मानिस उपस्थित भएको र फिदाइन आक्रमणकारी बीचको पङ्क्तिमा उपस्थित भएको बताएका छन् । प्रवेशका लागि गेटपास देखाउनुपर्ने भएकाले उनी कसरी प्रहरी लाइनमा पुगे भन्ने खुल्न सकेको छैन ।

भग्नावशेषमा पुरिएका मानिसहरुको खोजी भइरहेको छ । भग्नावशेषलाई मेसिनमार्फत सफा गरिएको थियो । पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमणको जिम्मेवारी लिएको छ। सेनाले सो क्षेत्रलाई घेरा हालेको छ । त्यहाँ नजिकै सेनाको कार्यालय पनि छ। यस क्षेत्रमा टीटीपीको धेरै प्रभाव छ र विगतमा पनि यो संगठनले आक्रमण गर्ने धम्की दिएको थियो ।

घाइते सबैको पेशावरको लेडी हार्डिङ्ग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–सर्वसाधारणले जतिसक्दो चाँडो रक्तदान गर्न अस्पताल पुग्नुपर्छ । सैनिक चिकित्सकको टोली पनि अस्पताल पुग्यो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);