रुसले १९ वर्षीया युवतीलाई आतंकवादी घोषणा गर्दै नजरबन्दमा राख्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रुसले १९ वर्षीया युवतीलाई आतंकवादी घोषणा गर्दै नजरबन्दमा राख्यो

एजेन्सी । रुसले एक १९ वर्षीया युवतीलाई आतंकवादी घोषणा गर्दै उनको नाम आतंकवादीको सूचीमा समावेश गरेको छ । रुसले यी युवतीलाई आइएस, अलकायदा र तालिबान जत्तिकै खतरनाक ठानेको छ । यति मात्र होइन, उनी जेल चलान भइसकेकी छन् ।

अब अचम्मको कुरा के छ भने युक्रेन आक्रमणको विरोध गरेको भन्दै रुसले यी युवतीलाई यो सजाय दिएको हो । जेल सजाय पाएकी युवतीको नाम ओलेसिया क्रिभत्सोभा हो । उनी रुसको अर्खान्गेल्स्क सहरमा आमासँग बस्छिन् ।

भारतीय समाचार एजेन्सी भाष्करको अनुसार अक्टोबर ८ मा रुसमाथि युक्रेनी हमलापछि ओलेसियाले सामाजिक सञ्जालमा केही पोस्ट गरेकी थिइन् । वास्तवमा आजकै दिन युक्रेनले रुसको केर्च ब्रिज उडाएको थियो । यो पुलले रुसलाई क्रिमियासँग जोड्छ। आफ्नो पोस्टमा, उनले युक्रेनमा रूसी आक्रमणको विरोध गरीन् । रुसी सेनाले उनको विरोधलाई अपमान ठान्यो । त्यसयता उनी घरमै थुनिएका थिइन् ।

ओलेसिया क्रिभत्सोभाको खुट्टामा उनको हिरासतमा ट्र्याकर जडान गरिएको छ। यसमार्फत रुसी अधिकारीहरूले उनको हरेक गतिविधिमाथि नजर राखिरहेका छन् । घरमा नजरबन्दमा राखेपछि, ओलेसियाले आफ्नो खुट्टामा माकुराको ट्याटु बनाइन्। यस माकुराको शरीरलाई पुटिनको अनुहारले प्रतिस्थापन गरिएको छ । यस्तो पनि लेखिएको छ– बिग ब्रदर तपाईलाई हेर्दै हुनुहुन्छ । मतलब– ठूला भाइले हेर्दै हुनुहुन्छ।

क्रिभत्सोभालाई सेनाको अपमान गरेको आरोप लागेको छ । उनका वकिलहरूले उनलाई तीनदेखि सात वर्षको जेल सजाय सुनाइएको तर यो सजाय घटाउने प्रयास भइरहेको बताएका छन् । वकिलहरूले भने– हाल क्रिभत्सोभा घरमै नजरबन्दमा छिन् । हामी चाहन्छौं कि उसलाई केही जरिवाना तिरेर सजाय दिनुपर्छ र त्यसपछि उसलाई मुक्त गरियोस्।

ओलेसिया पक्राउ परेको यो पहिलो पटक भने होइन। मे २०२२ मा उनलाई सेनाको आलोचना गरेको आरोप पनि लगाइएको थियो । यस क्रममा उनले युद्ध विरोधी पोस्टर बाँडेकी थिइन् । एउटै धारामा दोहोरिएका अपराध फौजदारी मुद्दा बन्ने वकिलहरूको भनाइ छ।

ओलेसियाकी आमा नताल्या क्रिभत्सोभा भन्छिन् कि अधिकारीहरूले उनको छोरीलाई उदाहरणको रूपमा प्रयोग गरिरहेका छन्। जनताले आफ्नो धारणा आफैँमा नराख्ने हो भने त्यसको परिणाम भोग्न तयार रहनुपर्छ भन्ने सरकार बताउन चाहन्छ । उनीहरु कुनै पनि आन्दोलनलाई दबाउन खोजिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);