चिकित्सक जसले यौन सम्पर्कपछि भाइरस कमजोर हुन्छ भन्दै युवतीलाई निर्वस्त्र पारे | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

चिकित्सक जसले यौन सम्पर्कपछि भाइरस कमजोर हुन्छ भन्दै युवतीलाई निर्वस्त्र पारे

एजेन्सी । इटालीका एक चिकित्सक महिला बिरामीलाई यौन सम्पर्क गर्न कर गर्ने क्रममा अर्धनग्न अवस्थामा पक्राउ परेका छन् ।

६० वर्षीय डा. जिओभियानी मिनिलो बिरामीसँग जबरजस्ती यौन सम्पर्क गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् । गाइनोलोजिस्टसमेत रहेका उनले यौन सम्पर्कपछि महिलाको रोग निको हुने दाबी गर्दै युवतीलाई ‘सेक्स’ गर्न कर गरेका थिए ।

रोग उपचार गर्न गएकी युवती एक नायिका भएको बुझिएको छ । ती चिकित्सकका अनुसार उनी पापिलोमाभाइरस (एचपीभी) बाट पीडित थिइन् । यो भाइरस यौन सम्पर्कका कारण सर्छ र कालान्तरमा क्यान्सर बनाउँछ ।

भाइरसका लागि प्रतिरोध क्षमता आवश्यक पर्ने भएकोले भन्दै उनले यौन सम्पर्क गर्न कर गरेका थिए । यौन सम्पर्कबाट भाइरसविरुद्ध लड्ने रोग प्रतिरोध क्षमता बढ्ने हुने उनको दाबी थियो ।

३३ वर्षीया पीडितले उजुरी दिएपछि चिकित्सक अनुसन्धानको घेरामा तानिएका थिए । अस्पताल कक्षको एउटा सीसी टिभीको फुटेजमा ती चिकित्सक सर्ट र पाईन्ट खोलेर अन्ना मारिअ नाम गरेकी महिलाको नितम्ब समाएको देखिन्छन् ।

जति प्रयास गर्दा पनि गर्भ नरहेपछि युवतीले  मिनिलोकहाँ परीक्षण गर्न गएकी थिइन् । परीक्षणपछि ती चिकित्सकले महिलामा एचपीभीको लक्षण देखिएको बताएका थिए ।

‘मैले धेरै महिलालाई क्यान्सरबाट जोगाएको छु । मैलै उनीहरुसँग यौन सम्पर्क गरेपछि बिरामीको एचपीभी नेगेटिभ देखिएको थियो,’ ती चिकित्सकले महिलालाई भनेका थिए ।

चिकित्सकले आफ्नो स्तनलगायत संवेदनशिल अंग छोएको बताएकी छिन् । उनले आफूलाई साना स्तन मन पर्ने महिलालाई बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);