पोखरामा युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्ने दुई महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखरामा युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्ने दुई महिला पक्राउ

pakrau

कास्की पोखरामा युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्ने दुई महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -१० रामबजार स्थित एक होटलमा राम्रो काममा लगाइदिने भन्दै युवतीलाई राखेर जबर्जस्ती यौन शोषण गराउन खोजेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१० रामबजारमा होटल संचालन गरी बस्ने वर्ष ५३की गौमती गुरुङ र रुपा गाउँपालिका वडा नं-१० हंसपुर घर भइ हाल पोखरा रामबजार बस्दै आएकी ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन्।

कास्कीका प्रहरी प्रवक्ता सुवास हमालका अनुसार उनीहरुले शुरुमा युवतीलाई राम्रै व्यवहार गरेपनि केहिदिन पश्चात होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक देखाई जबर्जस्ती शारीरिक सम्पर्क गर्न दबाव दिंदै आएका थिए।

पक्राउ परेका उनीहरु विरुद्ध मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने पीडितलाई आफन्तको जिम्मा लगाईएको प्रहरीले प्रवक्ता हमालले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);