चीन जान लागेका किशोरीहरूको नाकाबाटै उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीन जान लागेका किशोरीहरूको नाकाबाटै उद्धार

uddar

रसुवा, ५ साउन । रसुवागढी नाकाबाट केरुङ जान लागेका २९ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएर उद्धार गरेको छ । टिमुरेमा सहायता कक्ष खोलेको दश महिनाको अवधिमा सो संस्थाले बेचबिखनमा परेका २९ जना किशोरीको उद्धार गरेको हो ।

१९ वर्षीया एक युवतीलाई ललाई फकाई नक्कली नागरिकता बनाएर बेचबिखनको उद्देश्यले लैजान लागेको आरोपमा कास्की जिल्ला लेखनाथ नगरपालिकाका २४ वर्षीय सुरज दर्जी, पोखरा उपमहानगरपालिका ६ का २४ वर्षीय समर परियार, सिन्धुपाल्चोकका केरुङमा डान्सबार सञ्चालन गर्ने २७ वर्षीय ग्याल्जेन तामाङलाई माइती नेपालको सहयोगमा सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

अवैध क्रियाकलापमा संलग्न भएको सूचनाका आधारमा माइती नेपाल र चिनियाँ प्रहरीको समेत सहयोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । केरुङमा एक युवतीलाई लगेर डान्सबार तथा यौन धन्दामा लगाएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए ।

नागरिकता बनाउन स्याफ्रुको होटलमा राखेर यौनशोषण गरेको केरुङमा पनि जबरजस्ती यौन शोषण गरेको खुलासा भएको प्रहरीले जनाएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको र संलग्न अन्यको खोजी भइरहेको तामाङले बताए ।

घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पछिल्लो समय मानव बेचबिखन चीनतर्फ हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाको भनाइ छ ।

माइती नेपालका अनुसार गत २०१७ सेप्टेम्बरदेखि हालसम्म २९ जनालाई घर फिर्ता गरेको र नौसय ५५ जना किशोरीको सहायता कक्षबाट परामर्श दिइएको माइती नेपाल टिमुरे हेल्प डेस्ककी अम्बिका श्रेष्ठले बताए । जोखिमपूर्ण तरिकाले अभिभावकविना केरुङ जान लागेका किशोरीलाई घर फिर्ता गरिएको श्रेष्ठले बताए ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);