भोज गरेको बिल अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भोज गरेको बिल अस्वीकृत

bill

गोरखा, ५ साउन । माझी उत्थान कार्यक्रमको बजेटले सुँगुर काटेर भोजभतेर गरेको बिल भर्पाई गण्डकी गाउँपालिकाको कार्यालयले अस्वीकार गरेको छ। भोजभतेरको रकम भुक्तानीका लागि वडा नं. ८ का अध्यक्ष रामप्रसाद रेग्मीले सिफारिस गरी पठाएको सो बिल भर्पाई गाउँपालिका कार्यालयले फर्काइदिएको एक कर्मचारीले जानकारी दिए।

माझी उत्थान कार्यक्रमका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ५५ हजार रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित रकम माग गर्दै माझी विकास समितिले भोजभतेर गरेको बिल पेस गरेको थियो। ‘४५ हजार रुपैयाँको सुँगुर किनेको बिल रहेछ, अनि १० हजार रुपैयाँको नुनतेल, मरमसला किनेको बिल थियो’, गाउँपालिकाका एक कर्मचारीले भने, ‘सुँगुर काटेको, भोजभतेर खाएको फोटो पनि पेस भएको थियो। यस्तो बिल फछ्र्योट गर्न सकिँदैन भनेर फर्काइदियौं।’

बिल फर्काइदिएपछि धम्कीपूर्ण भाषामा बिल फछ्र्योट गर्न दबाब आएको उनले बताए। ‘यो बिल पास हुनै पर्छ। नहुने हो भने के कारणले नहुने हो, प्रस्ट पार्नुपर्छ भन्दै वडाध्यक्ष जानुभयो’, उनले भने, ‘यसबारे अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि झन् बिल पास गर्न सबै हच्किए।’ बिल पास नभएपछि समितिले दोस्रो पटक बिल परिवर्तन गरी पुनः रकम माग गरेको थियो तर फर्जी बिल बनाएर रकम भुक्तानी नदिएको कार्यालयले जनाएको छ। गत वर्षको माझी उत्थान कार्यक्रमको बजेट फ्रिज भएको कार्यालय स्रोतले जनायो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);