सरकारको कार्यशैलीप्रति राजपा असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारको कार्यशैलीप्रति राजपा असन्तुष्ट

rajapa

काठमाडौं, ५ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ। सरकार गठनमा समर्थन दिएको उसले असन्तुष्टिबारे बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकृष्ट गराएको छ।

पार्टी अध्यक्ष मण्डलका सदस्यहरूले प्रधानमन्त्री निवास बालुवाटार गई प्रधानमन्त्रीलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले जनसरोकारलगायतका विषयमा प्रभाकारी काम नगरेको र राजपाले राखेको मागप्रति बेवास्ता गरेको आरोप लगाइएको छ। सरकारको कार्यशैलीबाट सरकारप्रति राजपाको विश्वासमा असर परेको ज्ञापनपत्रमा जनाइएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा भने ज्ञापनपत्रमा केही उल्लेख छैन। ज्ञापनपत्रमा मधेका मुद्दा सम्बोधन गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने, थुनामा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने, प्रदेशमा आवश्यक संख्यामा कर्मचारी जनशक्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग समेटिएका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);