जनकपुरका व्यापारीहरुले ६ बुँदे माग राखी प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जनकपुरका व्यापारीहरुले ६ बुँदे माग राखी प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

जनकपुरधाम । धनुषाका व्यापारीहरुको छाता सँगठन जनकपुर उद्योग वाणिज्य संघले ६ बुँदे माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष जितेन्द्र कुमार महासेठको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

देशलाई राजस्व तिरी सामान ढुवानी गर्दा पनि भारतीय सीमा नजिक वा दशगजा क्षेत्रमा फेला परेको भनि मुद्दा चलाउने कार्य बन्द गर्नुपर्ने, बिलभएका सामानहरु र सवारी साधान सम्बन्धित भन्सार कार्यालयले लिलामी गर्ने, जफत गर्ने, झुठा आरोप लगाई मुद्दा चलाउने कार्य बन्द गर्नुपर्ने, सामान फेला परेमा उद्योग वाणिज्य संघको पदाधिकारी अनिवार्य रोहवरमा राखी मुचुल्का उठाउने प्रावधान राखी कार्यान्वयन गर्नु पर्ने मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यता ज्ञानपपत्र बुझ्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बस्तोलले यो ज्ञापनपत्रलाई मंगलबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);