कोरोना नियन्त्रणमा थप जिम्मेवार बन्न कांग्रेसको सरकारलाई १५ बुँदे ध्यानकर्षण पत्र | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कोरोना नियन्त्रणमा थप जिम्मेवार बन्न कांग्रेसको सरकारलाई १५ बुँदे ध्यानकर्षण पत्र

काठमाडौँ। नेपाली कांग्रेसले सरकारलाई कोरोना महामारी नियन्त्रणमा थप जिम्मेवार बन्न आग्रह गर्दे प्रधनमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएको छ ।

बिहीबार सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री कार्यलय सिंहदरबार पुगेर प्रधानमन्त्री ओली समक्ष १५ बुँदे ध्यानकर्षण पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै खोपको तुरुन्त बन्दोबस्त गर्न माग गरेका हुन् । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न नसकेको आरोप समेत लगाएको छ ।

१५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अक्सिजन लगाएतका अत्यावश्वक बस्तुमा समेत कालोबजारी र कार्टेलिङ गरेको आरोप लगाएको छ ।

सभापति देउवाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुनसक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न खोपको सुनिश्चितता गरियोस् ।’

नयाँ भेरियन्टले बालबालिका समेत प्रभावित हुनसक्ने विज्ञहरुले जानकारी गराइसकेको अबस्थामा सरकारले तत्काल संक्रमण कम गर्न पहल गर्नुपर्ने कांग्रेसको माग रहेको छ । त्यस्तै कांग्रेसले निम्न आय भएका जनताको उपचारमा थप सहज बनाउन समेत आग्रह गरेको छ ।

ज्ञापनपत्र यस्तो छ हेुर्नुहोस

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);