कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र (ज्ञापनपत्रसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

congress pm gyapan

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रभावकारी कदम चाल्न ध्यानाकार्षण पत्र बुझाएको छ ।

कांग्रेसले मंगलबार कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रधानमन्त्री आलीलाई विशेष ज्ञापनपत्र बुझाएको हो ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाइएको कांग्रेसले जनाएको छ ।

संघीय संसद्को संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटरमै गएर विशेष ज्ञापन पत्र बुझाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);