खर्च गर्न नसक्ने मन्त्रीले सामूहिक राजीनामा दिनुपर्छ : सांसद विडारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

खर्च गर्न नसक्ने मन्त्रीले सामूहिक राजीनामा दिनुपर्छ : सांसद विडारी (भिडियोसहित)

bidari

काठमाडौं, २ असार । राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताउनुभएको छ । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले असारमा बजेट पारित भइसकेपनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनुभयो ।

साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफाट काम गरे हुनेनी । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिड्ने ? यसपाली त कोभिडले चैत खायो, बैशाख खायो, जेठ खायो, असार आयो । अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो । यहि सरकारले यहि पटकबाट यस्तो काम गरोस । यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ । त्यती पनि गर्न नसक्ने । अरुथोक केही गर्नुपरेन, बजेट छुटयएको छ । संसदले पास गरेको छ । अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी । किन तलब खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गरुन ।’’

सांसद विडारीले विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस भनेर भन्ने प्रवितिले विकास हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विपक्षी झन त्यस्तै । पैसा यहाँ नी बढाउन, यँ नी पुगेन त्या नी पुगेन भन्छ । अनि बजेट चाँही १ सय रुपैया मात्रै राखियोस यो मन्त्रालयमा भन्छ । १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे उ नी बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ ?’’

राष्ट्रियसभाबाट जति सुझाव दिएपनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उहाँले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताउनुभयो । बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उहाँले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसाथ गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);