कांग्रेसद्वारा सरकारलाई ज्ञापनपत्र, १ करोडको निः शुल्क विमा गर्नुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसद्वारा सरकारलाई ज्ञापनपत्र, १ करोडको निः शुल्क विमा गर्नुपर्ने माग

congress gyapan

काठमाडौं, २ असार । पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निः शुल्क १ करोडको विमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलवार कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निः शुल्क विमा गर्न माग गरिएको हो ।

कांग्रेसले कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीलाई सरकारले प्रतिव्यक्ति एक करोडको विमा गर्न माग गरेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडाैंमा पनि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

congress gyapan1

कांग्रेस काठमाडाैं सभापति सबुज बानियाँले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको आरोप लगाउनुभयाे । उहाँले सरकार भ्रष्टाचारमा लिप्त भएको, कोरोना महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सिमित भएकोे भन्दै प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताउनुभयाे ।

यसैगरी काठमाडौं महानगरपालिकाका  उपमेयर हरिप्रभा खड्गीले सरकारले १० अर्ब खर्च गरेको सार्वजनिक भइरहँदा महानगरापलिकालाई एक रुपैयाँ पनि प्राप्त नभएको बताउनुभयो । उहाँले महानगरपालिकाले छुट्याएको १० करोडबाट अहिले प्रत्येक वडाहरुमा राहत वितरणका काम भइरहेको उल्लेख गर्नुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);