चार सांसदलाई नेकपाद्वारा स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चार सांसदलाई नेकपाद्वारा स्पष्टिकरण

nekapa sachiwalay baithak

काठमाडौं, २ असार । नेकपाले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदहरूलाई स्पष्टीकरण सोधेको छ ।

गत जेठ ३१ गते शनिबार नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदानमा अनुपस्थित चारजना सांसदलाई नेकपाले मंगलबार स्पष्टिकरण पत्र पठाएको हो ।

नेकपा संसदीय दलले अनुपस्थित हुने सांसदहरु गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल र शिवकुमार मण्डललाई अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफ सहितको स्पष्टीकरण मागेको हो । उनीहरुलाई जवाफ दिन ५ दिनको समय दिइएको छ । संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको दिन नेकपामा चारसहित १२ सांसद अनुपस्थित थिए ।

जसपाकी सरिता गिरीले मतदान बहिष्कार गर्नुभएको थियो । कांग्रेसका नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल तथा जसपाका अमृता अग्रहरि, दुलारी देवी खत्वे र प्रमोद साह अनुपस्थित थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);