राप्रपा आन्दोलनको निरन्तरता, श्रमिकका मुद्दा लिएर श्रममन्त्री भेट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राप्रपा आन्दोलनको निरन्तरता, श्रमिकका मुद्दा लिएर श्रममन्त्री भेट्यो

काठमाडौं । राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुँवरको नेतृत्वको प्रतिनिधिमण्डलले  श्रममन्त्री शेरबहादुर कुँवरलाई ज्ञापनपत्र बुझाएको छ ।

श्रमिकले श्रमको उचित ज्याला पाउनुपर्ने, श्रमिकको जीवन बिमा हुनुपर्ने लगायतका माग राखी महासंघले आइतबार सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएको हो । राप्रपा यतिबेला जनजीविकाका विभिन्न माग राखी आन्दोलनमा छ । १३ देखि ३१ असारसम्मको विभिन्न कार्यक्रम सार्वजनिक गर्दै राप्रपा आन्दोलनमा होमिएको हो ।

यसअघि १ असारमा राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका राजनीतिक र चर्काे मूल्यवृद्धि नियन्त्रण, किसानलाई रासायनिक मलको आपूर्ति व्यवस्था लगायतका जनजीविका सम्बन्धि विभिन्न २२ बुँदे मागहरू सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना मागहरू सम्बोधनका लागि राप्रपाले दबाबमूलक कार्यक्रमहरु जारी राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);