१९ वर्षीय युवतीमाथि सामुहिक बलात्कार, एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

१९ वर्षीय युवतीमाथि सामुहिक बलात्कार, एक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा १९ वर्षीय युवती लाई सामुहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ धरमपुरकी १९ वर्षीय युवतीलाई बिहीबार नजिककैको जंगलमा लगी मादक पदार्थ सेवान गराई सामुहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

सोही आधारमा प्रहरीले बेदकोट–६का २२ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको र अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

बिहीबार नजिकैको जंगलमा सबै घुम्न गएका बेला युवतीलाई मादक पदार्थ सेवन गराई सामुहिक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् ।

युवतीको गए राति नै स्वास्थ्य परीक्षण भईसकेको र रिपोर्ट आउन बाँकी भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);