पाकिस्तानस्थित एक मस्जिदमा बम विस्फोट, ७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाकिस्तानस्थित एक मस्जिदमा बम विस्फोट, ७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते


एजेन्सी, ११ कार्तिक । पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । मंगलबार पेशावरको धिर कोलनीस्थित मस्जिदमा विस्फोट बालबालिका सहित ७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

विस्फोटमा परि दर्जनौं घाइते भएका छन् । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको र धेरैको अवस्था गम्भीर रहेका बताइएको छ ।

पाकिस्तान प्रहरीले यो आत्मघाती आक्रमण भएको जनाएको छ । आक्रमणमा हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताइएको छ ।

प्रदेशका स्वास्थ्य एवं अर्थमन्त्री तमूर खान जाग्राले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउँदै घटनाप्रति दुखः व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);