पाकिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट, २८ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट, २८ जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

मस्जिद उपासकहरूले खचाखच भरिएको बेला विस्फोट भएको थियो । विष्पोर्टमा परि १५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रहरीलाई निशाना बनार विष्फोट गराइएको आशंका गरिएको छ । ज्यान गुमाउने अधिकांश प्रहरीहरु रहेका छन् । विस्फोटको आधिकारीक कारण भने स्पष्ट भइसकेको छैन ।

प्रधानमन्त्री शहबाज सरिफले यसको कडा निन्दा गरेका छन् । विज्ञप्ति जारी गर्दै शरीफले घटनाको पछाडिको इस्लामसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन् । साथै, उनले आतंकवादको खतरा विरुद्ध सम्पूर्ण राष्ट्र एकजुट रहेको समेत बताएका छन् ।

अफगानिस्तानसँगको देशको सिमाना नजिकै रहेको सहरमा दिउँसोको प्रार्थनाको समयमा विष्फोट भएको हो । बीबीसीले प्रमाणित गरेको भिडियोमा पर्खालको आधा भाग भित्र पसेको देखाइएको छ । उक्त दृश्यमा मस्जिद इँटा र भग्नावशेषले ढाकिएको देखिएको छ ।

मस्जिद भित्र उद्धार कार्य जारी रहेको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);