पाकिस्तानमा बम विस्फोट हुँदा ६ चिनियाँ नागरिक सहित १० जनाको मृत्यु, ३९ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानमा बम विस्फोट हुँदा ६ चिनियाँ नागरिक सहित १० जनाको मृत्यु, ३९ घाइते

एजेन्सी । पाकिस्तानमा बुधबार भएको बम विस्फोटमा परि ६ जना चिनियाँ नागरिक सहित १० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुख्वा प्रान्तमा ३० जना चिनियाँ ईन्जिनियरहरु सवार बसमा विस्फोट हुदा १० जनाको ज्यान गएको हो ।

विस्फोट सडक छेउमा राखिएको कुनै उपकरणका कारण भएको वा बसमा नै विस्फोट गराईएको भन्ने बारे अनुसन्धान भैरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । विस्फोटमा परी अरु ३९ जना घाइते भएका छन् भने एक चिनिया ईन्जिनियर र एक सैनिक हराईरहेका छन् ।

घाइते अधिकांसको अवस्था गम्भीर रहेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् । डासु ड्याम क्षेत्रमा जान हिँडेको बसलाई लक्षित गरि अज्ञात बन्दुकधारीहरुले हमला गरेको बताइएको छ । घाइतेहरुलाई सुरक्षाकर्मीहरुले नजिकैको अस्पतालमा पुयाएका छन् ।

अहिलेसम्म हमलाको कारण खुल्न सकेको छैन् भने हमलाबो अनुसन्धान जारी रहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);