अमेरिकामा पुनः प्रहरीको गोली लागेर अश्वेत नागरिकको मृत्यु, स्थानीय र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

अमेरिकामा पुनः प्रहरीको गोली लागेर अश्वेत नागरिकको मृत्यु, स्थानीय र प्रहरीबीच झडप


एजेन्सी, १२ कार्तिक । अमेरिकाको फिलाडेलफियामा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् ।

सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएको भएपछि आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका हुन् ।

प्रदर्शन बढ्दै गएपछि पेन्सिलभेनिया राज्यको सो शहरमा सुरक्षा तैनाथी बढाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा ३० सुरक्षाकर्मी घाइते भएका छन् ।

हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेका कारण वाल्टरमाथि गोली चलाउनु परेको प्रहरी अधिकारीले दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);