कोरोना महामारीबीच बिहारमा विधानसभा निर्वाचन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना महामारीबीच बिहारमा विधानसभा निर्वाचन सुरु


एजेन्सी, १२ कार्तिक । भारतको बिहारमा आजबाट विधानसभाको निर्वाचन सुरु भएको छ । कोरोना भाइरसको महामारीकाबीच बिहारका २ सय ४३ सिटका लागि निर्वाचन सुरु भएको हो ।

पहिलो चरणको निर्वाचनमा आज ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुनेछ । जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा हुनुहुन्छ भने लालु यादवका छोरा तेजस्वी यादव राष्ट्रिय जनता दलबाट मुख्यमन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

निर्वाचनमा नीतीश कुमार नेतृत्वको गठबन्धन एनडीएबाट जनता दलले ३५ सिट, भाजपा २९ र हम–एसले १ सिटका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै तेजस्वीको गठबन्धनमा राष्ट्रिय जनता दल ४२ सिट, कांग्रेस २१ तथा सीपीआईएमएल ८ सिटका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

अन्य पार्टीहरु भने गठबन्धन बिना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);