मधेसी रिझाउँदै कांग्रेस: यसरी हुन्छ तालमेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

मधेसी रिझाउँदै कांग्रेस: यसरी हुन्छ तालमेल

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ ।

nepali congress party

काठमाडौं, ७ माघ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् ।

बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले ५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धन ४२, कांग्रेस १० र फोरम राजपाले ४ सिट जित्ने तथ्यांक प्रस्तुत गरेका थिए ।उनले चुनावी रणनीतिलाई बुद्धिमत्तापूर्ण रूपमा प्रयोग गरिए प्रदेश ३ मा कांग्रेसले विवेकशील र राप्रपासँग तालमेलबाट दुई सिट थप्न सक्ने र प्रदेश २ मा फोरम राजपालाई एक सिट बढी आउने तथ्यांक देखाएका थिए । फोरम राजपाका प्रतिनिधिले भने आफूहरूले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्नसक्ने अडान राखेका थिए ।

चुनावी सहकार्यका विषयमा भएको छलफलले सोमबारसम्म अन्तिम रूप पाउने कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले बताए । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा तीन दलबीच प्रारम्भिक कुराकानी भएको उनले जानकारी दिए ।आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छः

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);