चोभारमा सुक्खा बन्दरगाह निर्माणको मास्टर प्लान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चोभारमा सुक्खा बन्दरगाह निर्माणको मास्टर प्लान

सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ ।

sukhha bandar gahha chovar

काठमाडौं, ७ माघ । सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै निर्माण थाल्ने गरी चोभारमा बन्दरगाह र प्रदर्शनीस्थलको गुरुयोजना तयार पारेको हो ।

साबिक हिमाल सिमेन्ट कम्पनीको चोभारस्थित जग्गा वाणिज्य मन्त्रालयको नाममा एकीकृत रूपमा ल्याउने कार्य सम्पन्न भइसकेको छ । उक्त जग्गामा सुक्खा बन्दरगाह एवं आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणका लागि सरकारले नीतिगत निर्णय गर्दै बजेटसमेत विनियोजन गरिसकेको छ ।

समितिको शनिबार आयोजित २१औँ वार्षिकोत्सवमा कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले सरकारको नीति तथा बजेटअनुसार गुरुयोजना बनाइएको बताए । ‘सरकारी बजेट तथा नीतिअनुसार समितिले हाल दुवै संरचना निर्माणका लागि मास्टर प्लान तयार गरिसकेको छ,’ उनले भने, ‘नेपालको अधिकांश व्यापार यसै क्षेत्र र वरपर केन्द्रित भएको हुँदा समितिले पहिलो चरणअन्तर्गत चालू आवभित्रै सुक्खा बन्दरगाहको निर्माण सुरु गर्ने गरी कार्य अघि बढाएको छ ।’

तीन वर्षभित्र तीन सुक्खा बन्दरगाह
चोभारका साथै सिन्धुपाल्चोकको तातोपानी र रसुवाको टिमुरेमा समेत आगामी ३ वर्षभित्र सुक्खा बन्दरगाह निर्माण गरिने बस्नेतले बताए । त्यस्तै कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा समेत सुक्खा बन्दरगाह निर्माण तयारी भइरहेको समितिले जनाएको छ ।

हाल समितिले काँकडभिट्टा, विराटनगर, वीरगन्ज र भैरहवामा गरी चारवटा सुक्खा बन्दरगाहको सञ्चालन व्यवस्थापन गर्र्दै आएको छ ।आजको नयाँ पत्रिकामा खबर छः

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);