रसुवागठी नाकामा सुख्खा बन्दरगाह निर्माणको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रसुवागठी नाकामा सुख्खा बन्दरगाह निर्माणको तयारी पूरा

rasuwagadi naka

काठमाडौं, १५ असार । रसुवागढी नाकामा सुख्खा बन्दरगाह निर्माणको चरणमा पुगेको छ । चीन सरकारले आवश्यक पूर्वाधारसहित निर्माण गरिदिन लागेको सुख्खा बन्दरगाहको लागि नपोलले गर्नु पर्ने सबै तयारी पुरा गरेको छ ।

नेपालबाट चीन प्रवेश गर्ने एकमात्र रसुवागढी नाकास्थित भोटोकोसी किनारमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्र (इम्प्लिमेन्टेसन माइन्युट)मा हस्ताक्षर भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीकातर्फबाट प्रोजेक्ट मेनेजर याङ र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

चिनियाँ युआन १२ करोड ४० लाख लागतमा निर्माण हुनेछ । सीमा नाकाबाट करिव साढे दुई किलोमिटरमा यो बन्दरगाह पर्दछ । टिमुरे करिव ५ हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माण गर्न लागिएको हो । ३ सय ५० वटा ठूला ट्रक तथा साना गाडीहरू अट्ने पार्किङस्थल निर्माण हुनेछ ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहले नेपाल चीन बिचको ब्यापारलाई बढाउने छ । भौतिक संरचनाको अभावमा सञ्चालन हुँदै आएको व्यापारलाई सहज बनाउनको लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माण गरिदिन लागेको हो । चिनियाँ युआन १२ करोड ४० लाख लागतमा निर्माण हुनेछ । सीमा नाकाबाट करिव साढे दुई किलोमिटरमा यो बन्दरगाह पर्दछ । टिमुरे करिव ५ हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माण गर्न लागिएको हो । ३ सय ५० वटा ठूला ट्रक तथा साना गाडीहरू अट्ने पार्किङस्थल निर्माण हुनेछ ।

चीनसँगको व्यापार सहजका लागि रसुवाको टिमुरेमा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाहको विस्तृत डिजाइनमा हस्ताक्षरभएपछि निर्माण सुनिश्चत भएको छ । सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दुरीमा रहेको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने छ । छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङ नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको जग्गा अधिग्रहणको तथा मुअब्जा दिन पनि केही बाँकी रहेकोले साउन महिनाबाट सुख्खा बन्दरगाह निर्माण आयोजनाले कार्यालय खोलेर काम सुरु हुने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

लामो समयदेखि रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको धेरै चलिरहेकोमा निर्माणको काममा ढिलाई भएको स्थानीयले व्यापारीहरूले गुनासो गर्दै आएका थिए । दुबै मुलुकका अधिकारीबीच बन्दरगाहकोनिर्माण गर्ने डिजाइनमा हस्ताक्षर भएपछि स्थानीय उत्साहित भएका छन् । बन्दरगाह निर्माणका लागि त्यहाँ चारवर्ष अघि नै जग्गा अधिग्रहण भएको थियो भने जनवरी सन् २०१५ मा डिजायनमा हस्ताक्षर भएको थियो । सुख्खा बन्दरगार निर्माणमा अब थप ढिलाइ नहुँन,े सवैकाम चिनिया कम्पनीले गर्ने र अहिले फिल्ड नाप्ने, सुख्खा बन्दरहा निर्माणस्थलमा रहेको नेपाली सेनालाई अन्यत्र सार्ने काम भइसकेको रसुवागढी नाका व्यवस्थापन समितिको अध्यक्ष कामीनुर्पु तामाङले बताउनुभयो ।

चीनले २०१४ मा बन्दरगाह बनाउन प्ररम्भिक सहमति जनाएकोपनि भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३ हेक्टर जग्गा अधिग्रहण भएको थियो । बन्दरगाहमा एक मुख्य भवन बन्नेछ ।

त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू र ४ सय बढी कन्टेनरहरू पार्किङ गर्न सक्ने क्षमता हुनेछ भने ७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुनेछ । चीनलेले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङभन्दा पाङसिङमा आधुनिक बन्दरगाह निर्माण थालेको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी ४ सय ५० किमी रहेको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);