आज धान दिवस, नेपालभर मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आज धान दिवस, नेपालभर मनाइँदै

jaina dhan ropai

काठमाडौं, १५ असार । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज असार १५ गते आइतवार नेपालभर धान दिवस मनाइँदै छ ।

आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउने चलन छ । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);