‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रा डा शर्मालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रा डा शर्मालाई

subodh sharma

काठमाडौं, १५ असार । मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।

जननेता मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा शर्मालाई सम्मान गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका रजिष्ट्रारसमेत रहनुभएका प्रा डा शर्माले नेपाल, भूटानलगायत दक्षिण एशियाली देशको पानी र जलाधारको विषयमा मिहिन अध्ययन गर्दै आउनुभएको छ ।

यस्तै अफ्रिकी मुलुक इथोपियाको समेत पानी र जलाधारको क्षेत्रमा अध्ययन गर्नुभएको छ । आफ्नो आमाको प्रेरणाबाट हिमाली क्षेत्रका ताल तलैया, पानी र जलाधारको संरक्षणका क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाको चारैतिर जलाधार संरक्षणका लागि ठूलाठूला पोखरी निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

काठमाडौँका डाँडाडाँडामा पानी पोखरी बनाउनुपर्नेमा रिसोर्ट बनाउन थालिएकामा समेत पुरस्कृत व्यक्तित्व शर्माले दुखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आदिमकालमा काठमाडौँको पानी बाहिर पठाउन एउटा मञ्जुश्री आएका थिए । काठमाडौँ उपत्यकामा पानी बढाउन अब पाँच वटा मन्जुश्रीको आवश्यकता देखिएको छ ।”

उक्त पुरस्कारबाट यसअघि डा भगवान् कोइराला, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महावीर पुनलगायत पुरस्कृत भइसक्नुभएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);