आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस

काठमाडाैं । आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र सम्वृद्धि भन्ने मुल नाराका साथ देशैभर मनाईदै छ ।

वि.सं. २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने प्रचलन रहेको छ ।



मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् ।

खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);