आज असार १५ अर्थात राष्ट्रिय धान दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस

dhan rapai

काठमाडौं, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । रोपाईं गरेर १५ औं राष्ट्रिय धान दिवस मनाईंदै छ ।

धान दिवसका अवसरमा किसानहरु रोपाईंमा रमाउँदै छन् । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा किसानहरु धान दिवसमा रोपाईंमा रमाउन लागेका हुन् । यद्यपि, वर्षा नभएको र सिंचाईको अभावका कारण धेरैजसो भेगमा रोपाईं गर्न सक्ने अवस्था भने छैन । असार १५ लाई खेतमा हिलो छ्यापाछ्याप गर्ने र दही च्युरा खाने दिनका रुपमा लिइन्छ । खेतका गरामा पानी भएका कृषकहरु रोपाईंमा रमाउने भएपनि मुलुकका कतिपय स्थानका किसान भने सिंचाइ सुविधाको अभावमा आफ्ना खेत बाँझो राख्न वाध्य छन् ।

सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा नहुँदा तथा काम गर्ने युवा जनशक्ति विदेश जाने क्रम बढ्दा कृषिप्रधान मुलुक चामलमा परनिर्भर बन्दै गएको छ । चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब रुपैयाँ भन्दा बढीको चामल आयात भएको छ । नेपालमा १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो खेती गरिने जमिनको ५० प्रतिशत हो । नेपालमा मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा धान खेती हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);