सुदूरपश्चिम प्रदेश : बजेटमा पहुँचवाला मन्त्रीको एकलौटी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश : बजेटमा पहुँचवाला मन्त्रीको एकलौटी

samsad paisa

धनगढी, १५ असार । असन्तुलित एवं अपारदर्शी बजेट ल्याएको भन्दै आक्रोशित प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले प्रदेशसभा परिसरमै रातो किताब जलाएर लगातार अवरोध गरेपछि दुई सातासम्म प्रदेशसभाको बैठक चल्न सकेको छैन ।

त्यसैमा सत्तारुढ दल नेकपाकै अधिकांश सांसदसमेत आफ्नै सरकारले ल्याएको बजेटप्रति निकै रुष्ट छन् । मन्त्रीहरूले ‘आफ्नो हात जगन्नाथ’ गरेको प्रतिपक्षीको आरोपलाई सत्तारुढ दलकै सांसदको रुष्टताले बल पुगेको छ । पहुँचवाला मन्त्रीले योजनामा असमान वितरण मात्रै गरेनन्, अर्थ विविध शीर्षकमा ६ अर्ब ५१ करोडको राखेर मनचाहिँदो गर्ने बाटो बनाएको भन्दै सांसदले विरोध बढाएका हुन् ।

बजेटमा असमान वितरण
सरकारले ल्याएको नीति तथा कार्यक्रममा दार्चुला, बाजुरालगायत विकास सूचकांकमा पछि परेका जिल्लामा विकास योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । तर आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले आफ्नैगृहजिल्लामा बजेट खन्याएको देखिएको छ ।

भौतिक पूर्वाधारमन्त्री बोहराले गृहजिल्ला डडेलधुरामा सिँचाइ योजनाका लागि २६ करोड ८० लाख विनियोजन गरेका छन् । २७ योजनामा ११ करोड ५५ लाख, योजना मर्मतमा २ करोड, योजना निर्माणमा ४ करोड, रंगुन नदी नियन्त्रणमा ७ करोड, जिल्लाका नदी नियन्त्रणमा २ करोड र योजना पहिचानमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

डडेलधुरामा सिँचाइ योजनामा करिब २७ करोड छुट्याइँदा दार्चुलामा भने सिँचाइका २३ योजनामा १७ करोड मात्र विनियोजन गरिएको छ । ‘मन्त्रीहरूले आफ्नो हात जगन्नाथ गरेका छन्,’ सत्तारुढ नेकपाकै सांसद महेशदत्त जोशीले भने, ‘जिल्ला मात्रै होइन, व्यक्तिका अनुहार हेरेर बजेट हालिएको छ ।’  यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);