सरकारले ल्याएको बजेटमाथि प्रतिनिधि सभामा छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारले ल्याएको बजेटमाथि प्रतिनिधि सभामा छलफल सुरु

sanghiya samsadh

काठमाडौं, १९ जेठ । सरकारले ल्याएको आर्थिक बर्ष २०७६/७७ को बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरु भएको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा बजेटका बिषयमा आ आफना धारणा राख्ने क्रममा प्रतिपक्षी दलका सासंदहरुले सरकारले ल्याएको बजेटले समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताएकाछन भने सत्तापक्षका सासंदहरुले बजेटले सबै क्षेत्रलाई समेटेका भन्दै सरकारको बचाउ गरेका छन् ।

आइतबारदेखि प्रतिनिधि सभाको बैठकमा सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल शुरु भएको छ । आर्थिक बर्ष २०७६/७७ को राजस्व, र व्ययको आर्थिक अनुमान’माथिको प्रारम्भिक छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद योगेस भट्राईले गरिव जनताको हितलाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याउनु परेको प्रतिक्रिया दिनु भयो । उहाँले गरिव, दलित, महिला, लगायतका पीछडिएका समूदायको हितका लागि पनि बजेट वितरणमुखि हुनु मुलुकको बाध्यता भएको उल्लेख गर्नुभयो ।

सांसद भट्टराईले बजेटमा उत्पादनमा जोड दिएको, वितरण न्यायोजित हुनुपर्छ भन्ने मान्यतालाई अघि सारेर सामाजिक न्यायको मुद्दालाई उजागर गरिएको दावी गर्नु भयो ।

त्यसै गरी राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारको आधारबर्ष पछिको बजेटले इतिहास निर्माण गर्ने बाटो समात्न नसकेको टिप्पणी गर्नुभयो । सांसद रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गर्नुभयो । चालु खर्च पुरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा वितरण मुखी कार्यक्रम बाड्ने काम भएको तर्क गर्नुभयो ।

सरकारले यही जेष्ठ १५ गते आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट ल्याएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);