आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसदमा छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसदमा छलफल सुरु

samghiya samsadh

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले सरकारले ल्याएको आर्थिक बर्ष २०७५/७६ को बजेट प्राथमिकताविहिन फेहरिस्त मात्रै भएको टिप्पणी गरेको छ ।

विहिबार प्रतिनिधिसभाको बैठकमा आर्थिक बर्ष २०७५/७६ को बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट प्राथमिकताविहिन फेहरिस्त मात्रै भएको बताएका हुन् । उनले निजी क्षेत्रको लगानी हतोत्साही गर्दै नेपाली जनतालाई कर र श्रृणको बोझमा पार्ने गरि तय गरिएका कार्यक्रम तथा सरकारका लक्ष महत्वकांक्षी भएको टिप्पणी गरे ।

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा निर्वाचन क्षेत्रलाई केन्द्रीत गरेर छुट्टाईएको बजेटले विशेष गरेर आफ्नै कार्यकर्तालाई विभिन्न किसिमले भरणपोषण गर्ने काम सरकारले गरेको उहाँको आरोप छ । उनले पूर्वाग्रही ढंगले पुर्ववर्ती सरकारले ल्याएका सामाजिक सुरक्षाको कार्यक्रम कटौति गरिएको आपत्ति जनाए ।

कम्युनिष्ट घोषणापत्रले धेरै कुरा गरेको भए पनि त्यसलाई सम्बोधन गर्ने बजेट नआएको भन्दै उनले चर्को राष्ट्रवादको नारा छोडे जस्तै आकर्षक चुनावी नारालाई पनि बजेटले छोडेको टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);