सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आज छलफल सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आज छलफल सुरु हुँदै

samghiya samsadh

काठमाडौं, १७ जेठ । संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि आज छलफल सुरु हुँदै छ ।

बजेटमाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज छलफल सुरु हुन लागेको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक ११ बजे बोलाइएको छ । दुवै सभाको बैठकको सुरुमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि छ । सरकारले गत मंगलबार आगामी आर्थिक वर्षको बजेट दुवै सभाको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको थियो ।

बजेटमाथि सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरुले धारणा राख्ने छन् । सांसदहरुले धारणा राख्ने क्रम केही दिन चल्ने संघीय संसद सचिवालयले जनाएको छ । सांसदहरुले राखेका धारणामाथि अर्थमन्त्रीले जवाफ दिएपछि बैठकले बजेट पारित गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);