पहुँचवाला र अासेपासेलाई करोडौँ सहयोग, विपन्नका निवेदन अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पहुँचवाला र अासेपासेलाई करोडौँ सहयोग, विपन्नका निवेदन अलपत्र

काठमाडौं, २७ कात्तिक । सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाउँदै आएको छ। आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई कुल्चँदै सरकारले आफूनिकटका र पहुँचवालालाई करोडौं रुपैयाँ वितरण गर्दै आएको पाइएको हो।

विपन्न, गरिब र पहुँच नभएका नागरिकले उपचारका लागि राज्यकोषबाट एक रुपैयाँ पनि पाउन नसकेको अवस्थामा शक्तिकेन्द्रमा पहुँच भएकाले भने कार्यविधिविपरीत २ लाखदेखि १५ लाख रुपैयाँसम्म आर्थिक सहायता लिएको पाइएको छ।

सरकारले २०६६ सालमा नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ल्याएको थियो । सो कार्यविधिमा अशक्त, गरिब र विपन्न नागरिकलाई आर्थिक सहायता दिन सक्ने व्यवस्था गरिएको राजधानी दैनिकमा समाचार छ ।

सरकारले गत आठ महिनाको अवधिमा आफूनिकटका सयौं व्यक्तिलाई पाँद्ब करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा देखिएको छ।

तर, सामान्य नागरिकले उपचारका नाममा आर्थिक सहायता माग्दै गृह मन्त्रालयमा बुझाएका पाँच हजार निवेदन भने आठ महिनादेखि अलपत्र छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);