प्रधानमन्त्री ओलीद्वारा चोभार सुख्खा बन्दरगाहको शिलान्यास, स्थानीयले गरे बिरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री ओलीद्वारा चोभार सुख्खा बन्दरगाहको शिलान्यास, स्थानीयले गरे बिरोध

kp-oli

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले ११ दशमलव ७७ हेक्टर जग्गा रहेको साविकको हिमाल सिमेन्ट कारखाना रहेको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको आधुनिक सुख्खा बन्दरगाह निर्माणको बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त सुख्खा बन्दरगाह अन्तराष्ट्रिय व्यापारलाई सहज बनाउने गरी निर्माण गर्न लागिएको उल्लेख गरे । उनले बन्दरगाह निर्माण कार्य सूरु भएसँगै त्यसले मुलुकको अर्थतन्त्र, जनजीवन, रोजगारी र आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुर्याउने पनि बताए ।

प्रधानमन्त्री ओलीले सो सुख्खा बन्दरगाह वरपरका स्थानीय जनताको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । स्थानीयले सो सुख्खा बन्दरगाह शिलान्यासको विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले उनीहरुको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओली बन्रगाह उद्घाटन गर्न पुग्दा स्थानीयले बिभिन्न माग राखी बिरोध प्रदर्शन गरेका थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तेस्रो मुलुकसँग व्यापारलाई सहज बनाउन पनि काठमाडौंमा सुख्खा बन्दरगाह बनाउनु परेको स्पष्ट पारे ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सुख्खा बन्दरगाह निर्माण भएसँगै नेपालको अन्तराष्ट्रिय व्यापार सहज हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);