डडेल्धुरामा पर्शुरामधाम महोत्सव सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

डडेल्धुरामा पर्शुरामधाम महोत्सव सुरु

dadeladhura

विमल जैरु
डडेल्धुरा, ३ माघ । डडेल्धुराको पर्शुराम नगरपालिका–५, मा पर्शुरामधाम महोत्सव सुरु भएको छ । महोत्सवमा धान्याञ्चल महायज्ञ, श्रीमद् भागवत पुराण, गंगा आरती, २२ खाम २२ धाम देउताको पूजा अर्चना लगायत बिविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम भईरहेको हो ।

डडेल्धुराको महाकाली किनारमा रहेको ऐतिहासिक र धार्मिक महत्व बोकेको पर्शुरामधाम महोत्सव शूरु भएको छ । महोत्सवमा धान्याञ्चल महायज्ञ, श्रीमद् भागवत् पुराण, गंगा आरती, २२ खाम २२ धाम देवताको पूजा अर्चना, महाकाली नदीमा जल बिहार र अन्य बिविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम भईरहेका छन् । त्यसैगरी भगवानका १० अवतारमध्ये छैठौं पर्शुराम अवतार मानिएको यस तीर्थमा स्नानका लागि देश तथा विदेशबाट पनि ठुलो संख्यामा श्रद्धालूहरु आएका छन् ।

हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिरमध्ये पर्शुराम धाम पवित्र धामको रुपमा चिनिन्छ । मेलाले धार्मिक पर्यटन प्रवद्र्धन मात्र नभएर आर्थिक हिसावले पनि फलदाही हुने अपेक्षा गरिएको पशुराम नगरपालिका प्रमुख भिमबहादुर साउदले बताए ।

मेला माघ ८ गतेसम्म संचालन हुने छ । मेलामा बिविध सांस्कृतिक कार्यक्रम समेत आयोगना गरेकाले धेरैको ध्यान अहिले पर्शुराम महोत्सवले खिचेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);