शिरडी साँई धाममा गणेश पुराण तथा श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शिरडी साँई धाममा गणेश पुराण तथा श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन

रुपन्देही । रुपन्देही जिल्ला को बुटवल उपमहानगर पालिका वडा नम्बर ६ चन्द्र नगर (चाँदबारी ) स्थित श्री शिरडी साँई धाम को आयोजना मा बैशाख ४ गते देखि १६ गते सम्म गणेश पुराण तथा श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालनमा आएको छ । विश्व शान्ति, राष्ट्र शान्ति र मानव कल्याणका लागि बैशाख ४ गते देखि ९ गते सम्म गणेश पुराण तथा १० गते देखि बैशाख १६ गते सम्म श्रीमद् भागवत ज्ञानमहायज्ञ आयोजना गरियको श्री शिरदी साँई धाम समिति द्वारा जानकारी दिइएको छ ।

विश्व भरि महामारी को रुप मा फैलिएको कोभिड १९ (कोरोना)भाइरस को संक्रमण पूर्ण रुपले नियन्त्रण होस भन्ने कामना सहित आयोजित गणेश पुराण तथा श्रीमद् भागवत ज्ञानमहायज्ञमा अन्तर्राष्ट्रिय कथा प्रवक्ता आचार्य विष्णु ज्ञवालीको मुखारविन्द बाट १३ दिन सम्म अमृतमय कथा प्रवचन हुने अयोजकले जनाएको छ ।

उक्त महायज्ञको उद्देश्य आर्थिक रकम उठाउन को लागी मात्रै नभई विश्व शान्ति, राष्ट्र शान्ति, कोरोना भाइरस समाप्त होस र कोरोना सङ्क्रमण बाट मृत्युवरण गरेकाहरुकोे चिर शान्ति र बैकुण्ठ बास को कामना को लागी महायज्ञ आयोजना गरियको महायज्ञका संयोजक तथा धाम का पुर्व अध्यक्ष सुमिता श्रेष्ठ बताईन् । प्रमुख कथा वाचन आचार्य विष्णु ज्ञवाली ले यस सिरडी साई धाम मा एउटै मञ्चबाट श्री गणेश पुराण तथा श्रीमद् भागवत पुराण वाचन, कथा प्रवचन नेपाल मै पहिलो पटक हुन गई रहेको जानाकारी दिएका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);