ऐतिहासिक मंन्दिरको मर्मत सम्भारका लागि महायज्ञ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ऐतिहासिक मंन्दिरको मर्मत सम्भारका लागि महायज्ञ

श्याम गुप्ता
बारा , २० फागुन ।
बाराको गढीमाई नगरपालिका वडा नं.१ सिमरा स्थित बाबा मठमा अवस्थित करिब दुई बर्षको ऐतिहासिक वाणलिङ्गेश्वर महादेव मंन्दिरको मर्मत सम्भार तथा तनहुँ जिल्लाको देवघाट धाम स्थित महेश सन्याश आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुललाई भोजनार्थ सह्योगका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

ऐतिहासिक मंन्दिरको मर्मत सम्भारका लागि महायज्ञ

श्याम गुप्ता
बारा , २० फागुन ।
बाराको गढीमाई नगरपालिका वडा नं.१ सिमरा स्थित बाबा मठमा अवस्थित करिब दुई बर्षको ऐतिहासिक वाणलिङ्गेश्वर महादेव मंन्दिरको मर्मत सम्भार तथा तनहुँ जिल्लाको देवघाट धाम स्थित महेश सन्याश आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुललाई भोजनार्थ सह्योगका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

 गत विक्रम् सम्बत् १८९२ साल चैत्र ५ गते भन्सारी भगवान सिंहले तत्कालिन राजा श्री ५ राजेन्द्र विर विक्रम शाहको आदेशमा सिमरा स्थित बाबा मठमा पौवामा गुठीको स्थापना भएको हो ।    विक्रम् सम्बत् १९३४ साल जेष्ठ ४ गते वखतमान प्रधानले श्रीमती दिर्घ कुमारी प्रधानको वार्षिक श्राद्धका लागि मंन्दिर स्थापना गरी गुठियार पूर्ण सञ्चालन गरिएको स्थानीय समाज सेवी धर्म बहादुर श्रेष्ठले बताए ।

उनले श्री १०८ महाराज बजरंगवली स्वामी श्री श्री १०८ श्री स्वामी दयानन्द गिरीबाट विक्रम् सम्बत् २०३५ साल असोज २८ गते सम्म संरक्षण भईरहेको तथा वहाँको स्मृतीमा सो स्थानमा हनुमान मंन्दिर समेतको स्थापना भएको धर्म बहादुर श्रेष्ठले बताए । त्यस्तै गत विक्रम् सम्बत् २०५० सालमा स्थापना गरिएको तनहुँ जिल्लाको देवघाट धाम स्थित महेश सन्याश आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुलमा आम नेपालीहरु कै आर्थिक तथा जिन्सी सह््योगबाट मुलुक भरका दुई सय जना छात्रहरुलाई सांस्कृत तथा अंगे्रजी शिक्षा प्रदान गरिँदै छ ।

सो गुरुकुलमा मुलुकको बिभिन्न ५३ वटा जिल्लाहरुबाट दुई सय जना छात्रहरुलाई नि ः शुल्क प्रवेश गराउँनुका साथै शिक्षा , भोजना तथा आवासको समेत नि ः शुल्क प्रदान गरिने गरिएको गुरुकुल सञ्चालन समितिका सद्स्य एवंम् मुठिदान संयोजक राम प्रसाद सुवेदीले बताए ।  

 फागनु १५ गते आईतवारबाट सुरु गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौं दिन शुक्रवार सम्म चार लाख पचास हजार नगद रुपैंयाँ संङ्कलन भएको छ । निस्वार्थ भावना सह््योग प्रदान गर्नेहरुमा गोविन्द सुवेदी , रमेश सिंखडा , मुन्ना खरेल प्रभु समशेर जवरा लगायतका रहेको वाणलिङ्गेश्वर पूजा व्यवस्था समितिका संयोजक माधव प्रसाद त्रिपाठीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);