सम्पदा मास्नेविरुद्ध सडकमा उत्रने उपमेयर खड्गीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सम्पदा मास्नेविरुद्ध सडकमा उत्रने उपमेयर खड्गीको चेतावनी

काठमाडौं, २१ फागुन । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सम्पदा मास्ने कार्य गर्नेविरुद्ध सडकमा उत्रने चेतावनी दिएकी छन् ।

पुरातत्व विभागका अनुसार ऐतिहासिक सम्पदा क्षेत्रको दुई सय मिटर वरीपरी निजी प्रयोजका लागि कुनै पनि भवन निर्माण गर्न पाइँदैन ।

तर, धराहरा क्षेत्रमा मापदण्ड मिचेर व्यापारिक भवन बनाउन थालिएको भन्दै आन्दोलित स्थानीयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सम्पदा क्षेत्र मिच्ने र मास्न खोज्नेविरुद्ध सडकमा उत्रने चेतावनी दिएकी हुन् ।

२०७२ साल वैशाख १२ गते भत्केको धरहरा क्षेत्रभित्र मापदण्डविपरित धमाधम व्यापारिक भवन उठाउन जग खनिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

आफूसँग काठमाडौँ महानगरका ३२ वटै वडाका जनप्रतिनिधिहरुको साथ रहेको दाबी गर्दै उनले धरहरा क्षेत्रमा व्यापारीक प्रयोजनका लागि बन्न लागेको उक्त भवनको काम तत्काल रोक्ने बताइन् ।

भवन कसको नाममा कसले बनाउन लागेको हो भन्ने केही जानकारी नभएको र गुठ्ठी संस्थान भीम मुक्तेश्वरको नाममा नक्सा पास भएको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए । पास गरिएको नक्सामा चलानी नम्बर तथा मिति समेत उल्लेख नगरिएको उनको भनाइ छ ।

स्थानीयले धरहरा अगाडि फागुन ३ गते जस्ता बारेपछि मात्र व्यापरिक भवन बन्न लागेको थाहा पाएको बताएका छन् । त्यसको सात दिनपछि डोजर ल्याएर खाल्डो खनेको र रातिको समय पारेर निर्माण कार्य अगाडि बढाइएको उनीहरुको भनाइ छ ।

पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा विक्रम सम्बत १९९० को भूकम्पले भत्काएपछि १२ तलाबाट ९ तलामा सीमित गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);