राष्ट्रिय सभाको पहिलो बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रिय सभाको पहिलो बैठक सम्पन्न

sapthat

काठमाडौं, २१ फागुन । संघीय संसद अन्र्तगत राष्ट्रियसभाको पहिलो बैठक सोमबार बसेको छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सोमबार अपरान्ह बसेको पहिलो बैठकले राष्ट्रियसभा बैठक संञ्चालनका लागि अन्तरिम कार्यविधि –२०७४ पास गरेको छ ।

साथै बैठकले अध्यक्ष एवं उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि परशुराम मेघी गुरुङ,राधेश्याम अधिकारी र कालि बहादुर मल्लको नामलाई अनुमोदन गरेको छ ।

त्यस अघि बैठकको सुरुमा बैठकको अध्यक्षता गरेकी जेष्ठ सदस्य तारादेवी भट्टले बैठक आवहन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।

त्यस्तै नेपालको संविधानको धारा ७६को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य केपी ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेको व्यहोराको पत्र पनि पढेर सुनाइएको थियो । अर्को बैठक भोली मंगलबार ११ बजेका लागि बोलाईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);