Our Network

वैशाख ९ २०७८, बिहीबार

९ दिन सम्म चल्ने श्री बिष्णु महायज्ञ एवंम रामलीला सुरु

कपिलबस्तु , २१ चैत । कपिलबस्तु नगरपालिका ५ डंगरी चौकमा श्री बिष्णु महायज्ञ एवंम रामलीला सुरु भएको छ ।

यज्ञले बिश्व शान्तिको कामना, प्राणी जगतको सुःख शान्तिको कामना, राष्ट्रिय अखण्डता, जातिय सद्भाव, धार्मिक सद्भाव, तिर्थ स्थलको संरक्षण, प्रर्वद्धन र धार्मिक पर्यटनमा मद्धत पुग्ने विश्वास लिइएको छ ।

९ दिन सम्म चल्ने यज्ञमा पर्यावरणको शुद्धताको लागि हवन कार्यक्रम राखिएको छ । महायज्ञबाट संकलित रकमले हनुमानजीको मन्दिर निमार्ण कार्य गरिने बताईएको छ ।

चैत्र १९ गते देखी २९ गते सम्म ९ दिन संचालन हुने महायज्ञ राम लीलामा भारतका अयोध्याका पडिंतहरुबाट प्रवचन तथा पुजा अर्चना भैरहेको छ । महायज्ञमा कथा प्रवचन, धान्यान्चल ज्ञान पुराण, तुला दान, भूमिदान, रामायण पाठ, पुराण, ब्रतबन्ध, ग्रहशान्ति, भण्डारा गरिने कार्यक्रम रहेको छ ।



धार्मिक सद्भाव कायम गर्न महायज्ञले महत्वपुर्ण सहयोग गर्ने विश्वास लिइएको छ । कोरोना महामारिको दास्रो लहर चलिरहेको अवस्थामा भिडभाड हुने किसिमका कुनै पनि कार्य गर्दा सम्बन्धित निकायले हुन सक्ने जोखिमलाई पनि उतिकै विचार  पु-याउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *