भौतिक निर्माणमा सरकारले कायापलट गरेको छ : मन्त्री वसन्त नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भौतिक निर्माणमा सरकारले कायापलट गरेको छ : मन्त्री वसन्त नेम्वाङ

काठमाडौं, २१ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भौतिक संरचना निर्माणमा सरकारले कायापलट गरेको बताएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले भौतिक निर्माणमा सरकारले अथाह उपलब्धी हासिल गरेको बताएका हुन् ।

उनले भने– ‘सरकारले भौतिक निर्माणमा कायापलट गरेको छ, केपी ओली नेतृत्वमा सरकार बनेपछि संघीय सरकारले मात्र ३ हजार ५ सय १२ किलोमिटर कालोपत्रे गरेको छ, तीन वर्षमा मात्र ६ सय २८ भन्दा बढी पुल निर्माण भएका छन् ।’

प्रत्येक दुई दिनमा एक पुल निर्माण भएको बताउँदै मन्त्री नेम्वाङले पछिल्लो समय नेपालमा हरेक दिन साढे ६ किलोमिटर सडक निर्माण भइरहेको जानकारी दिए । सरकारले ८० ओटा राष्ट्रिय राजमार्ग निर्माण गरेपनि सरकारले सबै ठाँउलाई जोड्न नसकेकाले रणनीतिक बाटोको अवधारणा ल्याइएको उनले बताए ।

सरकारले निर्माण गरेको बजेट र नीतिअनुसार काम तीब्र गतिमा चलिरहेको मन्त्री नेम्वाङको भनाई छ । आद्यौगिक करिडोर तथा पूर्व पश्चिम राजमार्ग चौडा बनाउने काम तीब्र ढंगले अगाडि बढेको पनि मन्त्री नेम्वाङले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);