जगतको कल्याण हेतु महायज्ञ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जगतको कल्याण हेतु महायज्ञ

कपिलबस्तु, २४ माघ । कपिलबस्तु नगरपालिका वडा नम्बर ११ जहदी चौकमा श्री सिताराम बिष्णु महायज्ञको शनिबारको दिन धुमधामका साथ तौलिहवामा यात्रा निकालिएको छ ।

बिहान करिब १२ बजेको समयमा निस्केको यात्रामा हजारौ सहभागि भएका थिए । श्री १०८ श्री सिताराम बिष्णु महायज्ञले सम्पूर्ण प्राणीहरुको जगतको सुख शान्ति कल्याण गर्ने बिश्वासका साथ यज्ञ गर्न लागिएको यज्ञका अयोजक जित बहादुर थारुले वताए ।

उनले यज्ञमा हुने हवनले पर्यावरणको शुद्धता माथि टेवा पुग्ने भन्दै बिश्वास लिइएको बताए । यज्ञ ९ दिन चल्ने अध्यक्ष थारुले बताए । महायज्ञ चान्दा संकलनबाट भइरहेको बताए ।श्री सिताराम बिष्णु महायज्ञको यज्ञ यात्रामा करिब २ हजारको जनसंख्यामा भक्तजनको सहभागिता भएको हो ।

करिब ५ लाख यज्ञमा खर्च हुने वताए । ९ दिनसम्म चल्ने महायज्ञको निम्ति श्री सिताराम बिष्णु महायज्ञ सफल बनाउनमा स्थानियले लागी परेका बताए । यज्ञ स्थल जहदी चौकबाट तौलिहवा नगरपालिका सम्म टैक्टरमा र मोटर साईकलमा यात्रा निकालिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);