Our Network

मंसिर २१ २०७८, मंगलबार

पाटन मच्छिन्द्रनाथ धार्मिक महोत्सव २०७७ आयोजना गरिदैं

काठमाडौं, १८ फागुन । महाशिवरात्रीको पावन आवसर पारेर ललितपुरको मच्छेन्द्रबहालस्थित पाटन मच्छिन्द्रनाथ धार्मिक महोत्सव २०७७ आयोजना गरिने भएको छ । पाटन मच्छिन्द्रनाथ धार्मिक महोत्सव मुल समारोह समितिले आज मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

मन्दिर क्षेत्र ब्यवस्थापन तथा धार्मिक जागरुकताको पवित्र उदेश्यकासाथै कोबिड १९ को महामारीबाट दिवंगत हुनु भएकाहरुको आत्माको चिर शान्ति तथा संक्रमितहरुको सुस्वास्थ्य तथा दिर्घायुको कामना राखेर धार्मिक महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रत्रकार सम्मेलनमा बोल्दै सबै धर्म एक हो भन्ने उदेश्यले नेपालकै ऐतिहासिक धरोहर रातो मच्छिन्द्रनाथको परिसरमा सप्तम दिवसिय हिन्दु तथा बौद्ध धर्मको धार्मिक कथा प्रवचन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख कर्ता सुभद्रा श्रेष्ठ नकर्मीले बताए ।

उक्त धार्मिक महोत्सवमा पुराण प्रवक्ता बालब्यास आचार्य सागरजी महाराजको प्रमुख कथा वाचनकासाथै अन्य बिभिन्न हिन्दु तथा बौद्ध धर्म गुरुहरुबाट समेत कथा प्रवचन तथा भक्ति संगीत हुनेछ । कार्यक्रम यहि फाल्गुण २१ गतेदेखि २८ गतेसम्म संंचालन गरिने आयोजकले जनाएको छ ।

धर्मिक महोत्सवको प्रथम दिन फाल्गुण २१ गते भब्य रुपमा कलश शोभायात्रा तथा रथ यात्राकासाथमा नगरको परिक्रमा गरिने र तत्पश्चात बिहान ११ बजे बिभिन्न राष्टिय स्तरका ब्यक्तित्वहरुबाट महोत्सवको उद्घाटन गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

कार्यक्रमका अवसरमा बिहान ६ बजेदेखि स्थानिय बासिन्दाहरुद्धनरा भक्ति संगीत भजन कृतन बिहान ८ बजेदेखि बौद्ध धर्म गुरुहरुबाट धार्मिक प्रवचन, बिहान ११ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म संगीतमय कथा प्रवचन, त्यस्तै साँझ ७ बजेदेखि भजन कृतन झँकी तथा देवलीलाका साथमा प्रत्येक दिनको कार्यक्रम संचालन गरिने जनाईएको छ।

फागुन २८ गते प्रसाद वितरणकासाथ महोत्सवको समापन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सो कार्यक्रम विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply