दार्चुलामा आज रातिदेखि थप २० दिनका लागि निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दार्चुलामा आज रातिदेखि थप २० दिनका लागि निषेधाज्ञा

दार्चुला । बढ्दो कोरोना संक्रमणलाई मध्ये नजर गर्दै दार्चुलामा जारी निषेधाज्ञालाई आज रातिदेखि जेठ १० गतेसम्म थप गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन को बैशाख २९ गते बसेको बैठकले जिल्ला मा कोरोना भाईरसको दास्रो लहर तिव्र रुपमा बढेको भन्दै निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सिफारिस गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा बैशाख ३१ गते राति १२ बजे देखि लागु हुने गरी जेठ १० गते राति १२ बजे सम्म निषेधाज्ञा लागु गरेको हो ।

यस अघि जिल्ला सदरमुकाम स्थित महाकाली नगरपालिकाले बैशाख १९ गते देखि बैशाख २५ गतेसम्म र बैशाख २५ गते देखि जिल्लाका ९ वटै स्थानीय तहहरुमा बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

दार्चुलामा हालसम्म ४ पुरुष र १ महिला गरी जम्मा ५ को मृत्यु भईसकेको छ भने जम्मा २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये १३ बालबालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);