पर्सामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म थप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्सामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म थप

नितेश कर्ण,

वीरगञ्ज । पर्सा जिल्लामा जारी निषेधाज्ञा पाँचौं पटक थपिएको छ । बैशाख १६ गतेदेखि जिल्लामा जारी निषेधाज्ञालाई आज पाँचौं पटकको लागि थपिएको हो ।

बुधबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय गरेको छ ।

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ सङ्क्रमणको नियन्त्रण र रोकथामका निषेधाज्ञा प्रभावकारी देखिएको हुनाले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

निषेधाज्ञाको आदेशलाई पालना नगर्नेलाई प्रचलित कानून बमोजिम कारवाही समेत गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);