पूर्व प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुनसरीबाट सिन्धुपाल्चोकलाई अक्सिजन आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूर्व प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुनसरीबाट सिन्धुपाल्चोकलाई अक्सिजन आउँदै

देवराज सुवेदी,

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका पूर्व प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको समन्वयमा सुनसरीबाट सिन्धुपाल्चोकलाई अक्सिजन सिलिन्डर आउने भएको छ ।

छिमेकी जिल्लाहरूमा अक्सिजन भर्न समस्या भएपछि यसअघि सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी भएर बसेका र हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको समन्वयमा सुनसरी पुगेर अक्सिजन भर्न लागेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।

सिन्धुपाल्चोकमा अक्सिजन अभाव भएको थाहा पाएपछि आफुले समन्वय गरेर सुनसरी बाट अक्सिजन भरेर पठाउन लागेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

अब यो शिलिण्डर सिन्धुपाल्चोकमा आएपछि कम्तिमा १० दिनको लागि अक्सिजन समस्या नहुने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाईंले जानकारी दिए ।

सिन्धुपाल्चोकमा कोरोना सक्रमित हरु बढ्दै गएको र अक्सिजन अभाव भए पछि नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले तत्काल को लागि १३७ शिलिण्डर अक्सिजन भरेर सबै आइसोलेशन हरुमा पठाउने भएको हो ।आइसोलेशनमा अक्सिजन अभाव भएको र तीन दिन लाइन बस्दा पनि सहज रूपमा अक्सिजन उपलब्ध नभएपछि पत्रकार महासंघ सिन्धुपाल्चोकले एकै पटक ठुलो संख्यामा शिलिण्डर भरेर प्रदान गर्न लागेको हो।

कोरोना महामारी बढेपछी नेपाल पत्रकार महासंघले कोभिड १९ राहत कोष स्थापना गरेको थियोे ।त्यही कोषबाट हाल १३७ शिलिण्डर अक्सिजन भरेर जिल्लामा ल्याउन लागेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो । महासंघले स्थापना गरेको कोषमा हालसम्म १३ लाख संकलन भएको छ।

यसैगरी महासंघले स्थापना गरेको कोषबाट आइसोलेशनमा रहेका बिरामीहरु लाई अन्य स्वास्थ्य सामग्री र पोसिलो खानेकुरा समेत उपलब्ध गराउने महासंघका उपाध्यक्ष थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);